मंसिर २१,२०८२ / १० : ५० पूर्वान्ह / 2025-12-07 10:50 am
      • param ad
      • furniture
      • veera Incorporation

      युवा नेताहरुले किन लगाए कांग्रेस केन्द्रीय कार्यालयमा ताला ?

      - १ महिना अगाडि
      कार्तिक १६,२०८२

      काठमाडौं, नियमित महाधिवेशनको समय सार्वजनिक गर्न माग गर्दै युवा कार्यकर्ताले सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयको मूल गेटमा तालाबन्दी गरेका छन् । 

      पार्टीमा ४० प्रतिशत युवा प्रतिनिधित्वको माग गर्दै केही युवाले कांग्रेस केन्द्रीय कार्यालय सानेपामा तालाबन्दी गरेका हुन् ।

      पटक(पटक केन्द्रीय समितिको बैठक सारेर महाधिवेशन अन्योलमा पारिएको र प्रतिनिधित्वको सवालमा अनुदार बनेको भन्दै आइतबार तालाबन्दी गरेर दबाब दिइएको युवा नेताहरुले बताएका छन् ।

      बिहीबार एक दिन बसेको बैठक शुक्रबार बस्दै नबसी आइतबारका लागि सारिएको थियो । तर महाधिवेशनको विषयमा कुरा नमिल्दा फेरि मंगलबार बस्ने गरी केन्द्रीय समितिको बैठक सारिएको छ ।


        सम्बन्धित समाचारहरु