चैत १८,२०८२ / ०२ : २२ अपरान्ह / 2026-04-01 02:22 pm
      • param ad
      • furniture
      • veera Incorporation

      प्रधानमन्त्री कार्कीले आज सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्ने

      - ३ हप्ता अगाडि
      कार्तिक १६,२०८२

      काठमाडौं, प्रधानमन्त्री सुशीला कार्कीले आज दिउँसो ४ बजे बालुवाटारमा सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक आह्वान गरेकी छिन् । प्रधानमन्त्री कार्कीले परिवर्तित अवस्थामा संघ र प्रदेश सरकारबीच संवाद गर्न र सहकार्य थप सघन बनाउनका लागि बैठकमा छलफल गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

      बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की, मधेशका जितेन्द्र सोनल, बागमतीका इन्द्रबहादुर बानियाँ, गण्डकीका सुरेन्द्रराज पाण्डे, लुम्बिनीका चेतनारायण आचार्य, कर्णालीका यामलाल कँडेल र सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई बोलाइएको छ ।


        सम्बन्धित समाचारहरु