काठमाडौं, आज पनि विपक्षी दलले अवरोध गर्दा प्रतिनिधिसभाको बैठक आधा घण्टलाई स्थगित भएको छ । दलीय आधारमा बोल्न दिने र बैठकको गाँठो फुकाउन सभामुखले गरेको आग्रहलाई सांसदहरूले अस्वीकार गरे ।
सभामुख देवराज घिमिरेले नियमित कार्यसूचीमा सदनलाई लैजान भनि आधा घण्टाका लागि बैठक स्थगित गरेका छन् ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा एवं छानबिन समितिको अडानसहित विपक्षी दलहरूले निरन्तर संसद अवरोध गरिरहेका छन् ।








