जेष्ठ १२,२०८२ / ०१ : ५१ पूर्वान्ह / 2025-05-25 01:51 am
      • param ad
      • furniture
      • veera Incorporation

      राजावादीले गरे अनिश्चितकालीन जनआन्दोलन घोषणा

      - २ हप्ता अगाडि
      वैशाख २५,२०८२

      काठमाडौं, राजसंस्था पुनःस्थापनाका लागि राजावादीहरुले अनिश्चितकालीन जनआन्दोलनको घोषणा गरेका छन् । बिहीबार पत्रकार सम्मेलन गर्दै जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलन गर्ने घोषणा गरेका हुन् । 

      राजावादीहरूले १४ बुँदे संयुक्त वक्तव्य जारी गर्दै अनिश्चितकालीन आन्दोलन घोषणा गरेको संयोजक नवराज सुवेदीले बताएका छन् । उनका अनुसार हिन्दु राष्ट्र र राजसंस्था स्थापना नभएसम्म आन्दोलन जारी रहनेछ । ’

      २०८२ जेठ १५ देखि सुरु हुने यो आन्दोलन हिन्दु राष्ट्र र राजसंस्था स्थापना नभएसम्म नटुंगीने उनीहरुले बताएका छन् । जेठ १५ गतेदेखि देशका विभिन्न स्थानमा जुलुस, धर्नालगतयका जनप्रदर्शन गरिने संयोजक सुवेदीको भनाइ छ । 

      आन्दोलनमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा र राजावादी घटकहरूको संयुक्त आयोजना रहने बताइएको छ । तीनकुने घटनामा पक्राउ परेका राप्रपा नेता रविन्द्र मिश्रलगायतहरूको तत्काल रिहाइ गर्न माग पनि गरिएको छ । राजावादीहरूले शान्तिपूर्ण आन्दोलन गर्ने र भद्र अवज्ञा र सत्याग्रह आन्दोलनको स्वरूप हुने जानकारी दिएको छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d