जेष्ठ १२,२०८२ / ०२ : ०२ पूर्वान्ह / 2025-05-25 02:02 am
      • param ad
      • furniture
      • veera Incorporation

      संसदमा प्रधानमन्त्रीको सम्बोधन स्थगित

      - ३ हप्ता अगाडि
      वैशाख १२,२०८२

      काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसद्मा सम्बोधन नगर्ने भएका छन् । आज दिउँसो १ बजे बस्ने बजेट अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तय भएको थियो । तर, सम्बोधन स्थगित भएको छ ।

      सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसका दलका नेता शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्ड संसदमा उपस्थित नहुने भएकोले प्रधानमन्त्रीको सम्बोधन स्थगित भएको हो । देउवा थाइल्याण्डमा छन् भने प्रचण्ड गोरखा पुगेका छन् । त्यसैले आज बजेट अधिवेशनको पहिलो बैठकमा दोस्रो तहका नेताहरूले सम्बोधन गर्नेछन् ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d