काठमाडौं, आफूलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै रास्वपा सभापति रवि लामिछानेले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवदेन दर्ता गरेका छन् । उनको निवेदन केहीबेर अघि दर्ता भएको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिएका छन् ।
लामिछानेले आफूलाई प्रचलित कानुन विपरित थुनामा राखिएको र थुना संविधान विपरित भएको दाबी गरेका छन् । गैरकानुनी थुनामा राखेको व्यक्तिलाई रिहा गर्न बन्दी प्रत्यक्षीकरणको आदेश जारी गरिन्छ । त्यसका लागि थुनामा रहेको व्यक्तिले आफू गैरकानुनी रुपमा थुनामा रहेको पुष्टि गर्नुपर्छ ।