फागुन २८,२०८२ / ०७ : ०२ पूर्वान्ह / 2026-03-12 07:02 am
      • param ad
      • furniture
      • veera Incorporation

      अध्यादेश निर्णयार्थ प्रस्तुत नगर्ने सरकारको निर्णय

      - १ वर्ष अगाडि
      माघ २४,२०८१

      काठमाडौं, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले निर्णय नदिएपछि सरकारले संघीय संसद्मा सरकारले ल्याएका ६ वटा अध्यादेशहरू आज निर्णयार्थ  प्रस्तुत नहुने भएका छन् । 

       राष्ट्रियसभामा देखिएको अंकगणित र जसपा नेपालसँगको छलफल बाँकी भएको भन्दै आज निर्णयार्थ पेस गर्ने निर्णयबाट सरकार पछि हटेको हो । बिहीबार मध्यान्ह बसेको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकमा सरकाले अध्यादेशलाई लिएर सहमति जुटाउने कोशिश भइरहेको बताएको हो ।

       त्यसपछि राष्ट्रियसभाको आजको बैठकमा अध्यादेश पेश नगर्ने गरी अन्तिम कार्यसूची तयार गरिएको हो । यसअघि जारी गरिएका सम्भावित कार्यसूची यथावत छन् तर अध्यादेश पेश गर्ने कुरा भने हटाइएको हो ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d