काठकाडौ, नेकपा एमालेका ५९ जना नेता–कार्यकर्ताले डा. भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानलाई समर्थन गर्ने घोषणा गरेका छन् ।
संयुक्त विज्ञप्तिमा नेकपा एमाले केन्द्रीय पर्यटन विभाग सदस्य रमेश बहादुर कुँवर, नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्यहरु चक्र रावल, जंग विक, केशर मियाँ, निर्मला रावललगायतको नाम छ ।
अनुशासन उल्लंघन गरेको भन्दै रावललाई एमालेको पुस १० गतेको सचिवालय बैठकले पार्टीबाट निष्कासन गरेको थियो । रावलको पक्षमा खुलेकाहरुले यो निर्णय ‘स्वेच्छाचारी’ र एमाले अध्यक्ष केपी शर्मा ओलीको ‘सत्ता उन्मादी’ भनेर आलोचना गरेका छन् ।