फागुन १,२०८१ / ०९ : ०६ पूर्वान्ह / 2025-02-13 09:06 am
      • param ad
      • furniture
      • veera Incorporation

      कीर्तिपुर–४ मा कांग्रेसका राजेन्द्र बानियाँ विजयी

      - एक हप्ता अगाडि
      मंसिर १७,२०८१

      काठमाडौं, कीर्तिपुर नगरपालिका–४ को वडाध्यक्षमा स्वतन्त्रलाई पन्छाउँदै नेपाली कांग्रेसका राजेन्द्र बानियाँ विजयी भएका छन् । 

      १०५५ मतसहित बानियाँ वडाध्यक्ष निर्वाचित भएका हुन् । यस्तै, स्वतन्त्र उम्मेदवार पविता खड्काले ८०६ मत ल्याएकी छन् । माओवादी केन्द्रका नारायण विष्टले ३८१ मत ल्याउँदा नेकपा एमालेका बद्री बुढाथोकीले ४६० मत पाए ।

      गत निर्वाचनमा स्वतन्त्र उम्मेदवार श्यामकुमार अधिकारी १३८० मतसहित विजयी भएका थिए । यसपालि स्वतन्त्रबाट उनकी श्रीमती पविता खड्का उम्मेदवार थिइन् । तर, दोस्रो स्थानमा रहिन् ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d