मंसिर २६,२०८१ / ०९ : ५६ अपरान्ह / 2024-12-11 09:56 pm
      • param ad
      • furniture
      • veera Incorporation

      पर्यटनमन्त्रीद्धारा आफुमाथि छानबिन गर्न सरकारलाई अनुमति , दोषी देखिए सबै पद त्याग्ने

      - ३ हप्ता अगाडि
      कार्तिक २८,२०८१

      काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले आफूमाथि लागेको आरोपबारे सरकार र पार्टीबाट छानबिन गर्न माग गरेका छन् ।

      कांग्रेस सहमहामन्त्रीसमेत रहेका पर्यटनमन्त्री पाण्डेमाथि कांग्रेसकै सांसद राजेन्द्र बजगाईंले करोडौं घुस लिएर क्यासिनो सञ्चालनको लाइसेन्स दिएको आरोप लगाएका छन् । मन्त्री पाण्डेले भने केही मानिसले पर्यटन क्षेत्रबाट नाजायज लाभ लिनका लागि आफूमाथि आरोप लगाएको बताएका छन् ।

      स्वच्छ चरित्र लिएर मन्त्रालयमा आएकोे र त्यसरी नै बाहिरिन चाहेको भन्दै पाण्डेले सरकार र पार्टीले आफुमाथि गहिरो गरी छानबिन गर्न अनुमति दिने बताए ।

      उनले आफुबाट कुनै पनि खालको त्यो प्रकारका कमजोरी जानेर÷नजानेरे भएको छ भने जुनसुकै बेलामा पनि सरकारको स्वच्छताका लागि सरकारबाट बाहिरिने, पार्टीको स्वच्छता र पार्टीको आदर्शका लागि पार्टीबाट बाहिरिन पनि हरदम तयार रहने बताएका छन् ।

        सम्बन्धित समाचारहरु