कार्तिक २९,२०८१ / ०७ : ३८ पूर्वान्ह / 2024-11-14 07:38 am
      • param ad
      • furniture
      • veera Incorporation

      आजको सभाको सन्देशलाई गम्भीरतापूर्वक लिन प्रचण्डको चेतावनी

      - २ हप्ता अगाडि
      कार्तिक १०,२०८१

      काठमाण्डौ, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारविरुद्ध गरेको खबरदारीसभालाई गम्भीरतापूर्वक लिन चेतावनी दिएका छन् । 

      शनिबार काठमाडौंमा आयोजित सरकारविरुद्धको खबरदारीसभालाई सम्बोधन गर्दै उनले आफूले सरकार ढाल्ने गरी आन्दोलन नगरेको बताएका छन् । त्यसैले माओवादीले सरकार फेर्न हतार ग¥यो भन्ने भ्रम छ भने पनि फाल्न आग्रह गरेका छन् । यस्तै माओवादीले फेरि कांग्रेस फकाउला वा एमाले फकाउला भन्ने चिन्ता नलिन पनि उनले आग्रह गरे । 

      अब जति सिट ल्याए पनि कांग्रेस र एमालेसँग मिलेर चुनाव नलड्ने समेत प्रचण्डले दावी गरे । आफू नेतृत्वको सरकारले भ्रष्टाचारका विरुद्ध, सुशासन, सामाजिक न्याय र आर्थिक विकासका पक्षमा इमान्दारिताका साथ काम गरिरहेका बेला सरकार ढालेको प्रचण्डले बताए । प्रचण्डले बाढीपहिरोको विपद्मा सरकार चुकेको भन्दै यस्तो गल्ती नदोहो¥याउन सरकारलाई चेतावनी दिए ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d