काठमाडौँ । बाढी पहिरो पीडितलाई दलहरूले विपतमा राहत रकम घोषणा गरेका छन् । सत्तासाझेदार दल मात्र होइन प्रमुख प्रतिपक्ष दलले समेत सहयोग रकम घोषणा गरेका छन् ।
सत्ताको नेतृत्व गरिरहेको दल नेकपा एमालेको बैठकले ५० लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ । पार्टी उपमहासचिव पृथ्वी सुब्बा गुरुङले दिएको जानकारी अनुसार सरकारको राहत कोषमा सांसदहरूको १५ दिनको पारिश्रमिक जम्मा गर्ने निर्णय समेत बैठकले गरेको छ ।
यता‚ सत्तासझेदार दल नेपाली कांग्रेसको आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले ५० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । सरकारको राहत कोषमा उक्त रकम जम्मा गर्ने कांग्रेसले बताएको छ । कांग्रेसले हरेक सांसदबाट १५ दिनको तलब बापत रकम सहित पार्टीबाट आन्तरिक सङ्कलन गरेर पचास लाख रुपैयाँ राहत कोषमा जम्मा गर्ने निर्णय गरेको पार्टी प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।
यस्तै प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रलेसङ्घ र प्रदेश सांसदहरूको १० दिनको पारिश्रमिक बापतको रकम सङ्कलन गरेर राहत कोषमा जम्मा आइतबार बसेको पदाधिकारी बैठकले निर्णय गरेको हो ।
यता‚ रास्वपाले भने रकम जम्मा गर्ने कुनै तयारी नगरेको बताएको छ । बिहीबारदेखि परेको पानीका कारण गएको बाढी पहिरोमा परि हालसम्म २१७ जनाको निधन भइसकेको छ भने १४३ जनाभन्दा बढी घाइते भएका छन् ।