असोज २८,२०८१ / ०९ : ०६ पूर्वान्ह / 2024-10-14 09:06 am
      • param ad
      • furniture
      • veera Incorporation

      स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते (विज्ञप्तिसहित)

      - ३ हप्ता अगाडि
      असोज २,२०८१

      काठमाडौं, निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको छ। बुधबार विज्ञप्ति जारी गर्दै आयोगले असोज १० गते दल दर्ताका लागि आह्वान गरेको छ। स्थानीय तह उपनिर्वाचनमा सहभागी हुने दलले असोज १६ गतेसम्म दर्ता गर्न सकिने जानकारी आयोगले दिएको छ। 

      त्यस्तै आयोगले असोज २० गते दल स्वीकृत गर्ने, निर्वाचनसम्बन्धी निर्देशिका, कार्यविधि, मापदण्ड तथा आचारसंहिता तयारी गर्ने, निर्वाचन सामाग्री, जनशक्ति व्यवस्थापन, मतदाता शिक्षा, तालिम तथा क्षमता विकास लगायतका कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

      निर्वाचन आयोगले  कात्तिक २६ गते मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने र मतदान स्थल निर्धारण गर्ने, कात्तिक ३० गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने, मंसिरत २ गते निर्वाचन कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। 

        सम्बन्धित समाचारहरु