असोज २८,२०८१ / ०८ : ५८ पूर्वान्ह / 2024-10-14 08:58 am
      • param ad
      • furniture
      • veera Incorporation

      कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

      - ३ हप्ता अगाडि
      असोज २,२०८१

      विराटनगर, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दोस्रो पटक पनि विश्वासको मत पाएका छन् । बुधबार बसेको प्रदेश सभा बैठकमा उनले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ६६ मत परेको छ भने विपक्षमा १५ मत परेको छ । 

      ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ । कांग्रेस एमालेले समर्थन गरेपछि कार्कीले ६६ मत प्राप्त गरेका हुन् । बुधबार मत विभाजनका लागि बालाइएको बैठकमा ८३ सांसद उपस्थीत भएका थिए । दुई सांसद मत विभाजन प्रक्रियामा सहभागी भएनन् ।

      २७ बैशाखमा संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका कार्कीले ३१ बैशाखमा विश्वासको मत लिएका थिए । तर सरकारलाई समर्थन गरेको माओवादी केन्द्रले १४ भदौमा समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले आज पून विश्वासको मत परीक्षण गरेका हुन् ।

        सम्बन्धित समाचारहरु