निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सरकारको बेवास्ताप्रति अनसन बस्ने आफ्नो पुरानो अडानलाई पुनः दोहोर्याएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा आइतबार बिहान स्टाटस लेख्दै, प्रदेशका १० वर्ष मुनिका बालबालिकालाई निःशुल्क उपचार, महिला स्वास्थ्य स्वयम् सेवीहरूलाई प्रोत्साहन भत्ता, र प्रदेशको शैलजा आचार्य मुटु रोग उपचार केन्द्रको सञ्चालनको माग राखेका छन् ।
उनले सुनसरी र मोरङका ४ वटा पालिकालाई बाढी र डुबानबाट बचाउन केसलिया कारिडोर निर्माण गर्नुपर्ने अडान पनि प्रस्तुत गरेका छन् । कार्कीका अनुसार, जनजीविका र जनतासँग सम्बन्धित कार्यक्रमलाई सरकार र सम्बन्धित पक्षले बेवास्ता गरिरहेका छन् ।
उनले आफ्नो अडानमा पूर्णरूपमा प्रतिबद्ध भएको र आफुले संसदमा अनसन बस्ने घोषणा गरेको कुरा अहिले पनि कायम राख्ने र भविष्यमा पनि नहट्ने बताएका छन् । कार्कीले जनताको मतको ऋण तिर्न आफु मृत्युमा जान पनि पनि तयार भएको बताए । उनले आज मुख्यमन्त्रीलाई स्मरण पत्र पठाउँने स्पष्ट पारे । कार्कीले यसअघि संसदमा बोल्दै अनसनको घोषणा गरेका थिए ।