अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको फेसबुक पेजलाई अनफलो गर्ने अभियान चलिरहेको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका समर्थकहरूले फेसबुकमा ओलीलाई अनफलो गर्ने अभियान चलाएका हुन् । मंगलबार साँझबाट सुरु भएको अभियान अहिले सम्म अझै रोकिएको छैन । ओलीको फेसबुक पेजमा मंगलबार सम्म ६ लाख ६६ हजार फलोअर्स थिए । अहिले ओलीको पेजमा फलोअर्सको संख्या ५ लाख ९३ हजारमा झरेको छ । मंगलबार बालेनको एउटा स्टाटसलाई फेसबुकले हटाइ दिएपछि बालेनका समर्थकले ओलीलाई अनफलो अनियान चलाएका थिए । आइतबार साँझ मेयर बालेन्द्र साहले नेकपा एमाले (लुम्बिनी) प्रदेश सांसद रेखाकुमारी शर्माले बालश्रम शोषण गरेको तर कारबाही नगरेको भन्ने स्टाटस राखेका थिए । सो स्टाटस मंगलबार उनको फेसबुक पेजबाट हटेको थियो । मंगलबार अपराह्न मेयर बालेनले आफ्नो स्टाटस हटाइएको दाबी सहितको पोस्ट गरेका थिए । उनले सरकारलाई चुनौती दिँदै पोस्ट उडाउने हैन, दोषी समाऊ सरकार भनेका थिए ।मेयर साहले सांसद शर्मालाई कारबाही गर्नुपर्ने माग गरिरहेका छन् । सांसद शर्मा विरुद्ध महानगरले बालबालिका सम्बन्धी कसुर र मुलुकी फौजदारी संहिता ऐन, २०७४ बमोजिम दास बनाउन नहुने कसुर अन्तर्गत जाहेरी दर्ता गरेको छ । प्रहरीले कारबाहीको प्रक्रिया अगाडि नबढाएको भन्दै मेयर साहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न समेत गरेका छन् । यता एमाले निकट विद्यार्थी नेताहरूले उनको विरोध गरेका थिए । बालेनले झुटो दाबी सहित अनावश्यक प्रधानमन्त्रीलाई मुछेको उनीहरूको भनाइ थियो ।
फेसबुकमा प्रधानमन्त्री ओलीलाई ’अनफलो’ गर्ने क्रम जारी,
चिनारी पोस्ट - १ वर्ष अगाडि
भाद्र १९,२०८१
सम्बन्धित समाचारहरु
रास्वपाको ’हेल्थ मास्टरप्लान’ : १० ठूला वाचा, तर कार्यान्वयनमा पहाडजत्रै चुनौती !
रास्वपाका महत्त्वाकांक्षी स्वास्थ्य योजनाः कागजमा मात्र सीमित होलान् कि यथार्थमा बन्लान् ? ...
रास्वपाका महत्त्वाकांक्षी स्वास्थ्य योजनाः कागजमा मात्र सीमित होलान् कि यथार्थमा बन्लान् ? ...
बालेनलाई प्रधानमन्त्री बन्नबाट कसले रोक्दैछ ? रास्वपाको विधान कि मिडियाको हल्ला ?
“रास्वपाको विधान र राजनीतिक दलसम्बन्धी ऐन बाझिएका कारण बालेन शाह प्रधानमन्त्री बन्न कानुनी रूपमा मिल्दैन ...
“रास्वपाको विधान र राजनीतिक दलसम्बन्धी ऐन बाझिएका कारण बालेन शाह प्रधानमन्त्री बन्न कानुनी रूपमा मिल्दैन ...
मधेश मुख्यमन्त्री प्रकरण स् सर्वोच्चले आज दुवै पक्षसँग छलफल गर्दै
मधेश मुख्यमन्त्री प्रकरणबारे सर्वोच्चले आज दुवै पक्षसँग छलफल गर्दैछ । ...
मधेश मुख्यमन्त्री प्रकरणबारे सर्वोच्चले आज दुवै पक्षसँग छलफल गर्दैछ । ...
नेकपा एमालेले आज ७५३ पालिकामा जनप्रदर्शन गर्दै
नेकपा एमालेको जनपरिचालन कार्यक्रम अन्तर्गत आज मंगलबार देशभरका ७ सय ५३ पालिकामा जनप्रदर्शन हुँदैछ । ...
नेकपा एमालेको जनपरिचालन कार्यक्रम अन्तर्गत आज मंगलबार देशभरका ७ सय ५३ पालिकामा जनप्रदर्शन हुँदैछ । ...
नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा प्रचण्ड र सहसंयोजकमा माधव नेपाल चयन
नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)सहित विभिन्न वामपन्थी पार्टीबिच एकता घोषणा भएको छ । ...
नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)सहित विभिन्न वामपन्थी पार्टीबिच एकता घोषणा भएको छ । ...
माओवादी-एकीकृत समाजवादीसहित नौ दलबीच आज एकता हुँदै
नेकपा ९माओवादी केन्द्र० र नेकपा ९एकीकृत समाजवादी०सहित नौ दलबीच आज एकता हुँदै छ । ...
नेकपा ९माओवादी केन्द्र० र नेकपा ९एकीकृत समाजवादी०सहित नौ दलबीच आज एकता हुँदै छ । ...
गगन थापाले पेस गरे कांग्रेस महाधिवेशनको तालिका १६ देखि १९
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केन्द्रीय कार्यसमिति बैठकमा १५औं महाधिवेशनको कार्यतालिका पेस गरेका छन्। ...
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केन्द्रीय कार्यसमिति बैठकमा १५औं महाधिवेशनको कार्यतालिका पेस गरेका छन्। ...
युवा नेताहरुले किन लगाए कांग्रेस केन्द्रीय कार्यालयमा ताला ?
नियमित महाधिवेशनको समय सार्वजनिक गर्न माग गर्दै युवा कार्यकर्ताले सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयको मूल ...
नियमित महाधिवेशनको समय सार्वजनिक गर्न माग गर्दै युवा कार्यकर्ताले सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयको मूल ...
प्रधानमन्त्री कार्कीले आज सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्ने
प्रधानमन्त्री सुशीला कार्कीले आज दिउँसो ४ बजे बालुवाटारमा सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक आह्वान गरेकी छिन् ...
प्रधानमन्त्री सुशीला कार्कीले आज दिउँसो ४ बजे बालुवाटारमा सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक आह्वान गरेकी छिन् ...