भाद्र २३,२०८१ / ०८ : ५१ पूर्वान्ह / 2024-09-08 08:51 am
      • param ad
      • furniture
      • veera Incorporation

      गृहमन्त्री लेखकले नागरिकको सेवा सुधारलाई सरकारको प्रमुख प्राथमिकता ठहराए

      - ३ दिन अगाडि
      भाद्र १९,२०८१

      गृहमन्त्री रमेश लेखकले सरकारको प्रमुख प्राथमिकता नागरिकलाई उत्कृष्ट सेवा प्रदान गर्नु रहेको बताएका छन् । महेन्द्रनगरस्थित नेपाल प्रहरी प्रदेश कार्यालयको नवनिर्मित भवनको आज उद्घाटन समारोहमा बोल्दै उनले प्रहरीको सुविधासम्पन्न भवनको निर्माणले नागरिकलाई सेवा प्रदानमा ठूलो सहजता ल्याउने बताए । उनले हाल प्रहरीले सीमित स्रोतसाधनमा काम गर्नुपरेको र नवनिर्मित भवनले सेवाप्रवाहलाई सहज बनाउने बताएका छन् ।

      उनले नेपाल प्रहरीलाई समयानुकूल अनुसन्धानका लागि अझ प्रभावकारी बनाउनु पर्ने धारणा व्यक्त गरे । पछिल्लो समय साइबर अपराधमा वृद्धि भएकोले, प्रहरीले परम्परागत अपराधका साथै साइबर अपराधमा पनि अनुसन्धान गर्नुपर्ने बताइएको छ । उनले संसदमाा रहेका दुई ठूला दलबीच सहमति गरेर नयाँ राजनीतिक समीकरण बनाइएको पनि बताए । उनले दुई दलबीच सात बुँदे सहमति गरेर सरकार गठन भएको र ऐतिहासिक काम गरेको स्मरण गर्दै, अहिले पनि संसद्का दुई ठूला दल मिलेर देशको विशिष्ट कार्यभार सम्हाल्न एक ठाउँमा उभिएको बताएका छन् । 

      उनले एमाले र कांग्रेसबीच भएको सात बुँदे सहमति कार्यान्वयनमा कुनै शंका नगर्नसमेत आग्रह गरे ।

      उक्त समारोहमा नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले सम्पूर्ण नागरिकलाई गुणस्तरीय सेवा प्रदान गर्न पूर्वाधार विकासमा जोड दिएको बताए । 

      उन्होले नवनिर्मित भवनले प्रदेश प्रहरीको अनुगमन र सुपरिवेक्षणमा ठूलो सहयोग पुर्याउने विश्वास व्यक्त गरे । उक्त भवन निर्माणका लागि २०७९ सालको मंसिर २९ गते आशिस कन्ट्रक्सनसँग रु १३ करोड २६ लाखमा ठेक्का सम्झौता गरिएको थियो ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d