भाद्र २३,२०८१ / ०८ : २१ पूर्वान्ह / 2024-09-08 08:21 am
      • param ad
      • furniture
      • veera Incorporation

      रेखा शर्मा सम्बन्धी बालेनको चर्चित स्टाटस फेसबुकले गरीदियो डिलिट

      - ४ दिन अगाडि
      भाद्र १८,२०८१

      काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह सत्तारुढ दल एमालेसँग फेसबुकमा पैंठेजोरी खेलिरहेका कारण हाल विवादमा रहेको छन् । पार्टीकी एक प्रदेश सांसदलाई पक्राउ गर्न प्रधानमन्त्रीलाई फेसबुकमार्फत दबाब दिएपछि एमालेपङ्ति उनीविरुद्ध उत्रिएको छ ।

      बालेनले दुई दिनअघि एउटा स्टाटस लेख्दै एमालेकी लुम्बिनी प्रदेश सांसद रेखा शर्मालाई पक्राउ गर्न माग गरेका थिए । शर्माले एक बालिकालाई सात वर्षदेखि श्रम शोषण गरेको र यातनासमेत दिएको उनको आरोप छ ।

      बालेनको उक्त स्टाटसपछि एमालेका कार्यकर्ताले प्रतिवाद गरे र सर्वोच्च अदालतको आदेशलाई हवाला दिएर शर्माले बालिकालाई संरक्षण गरेको र अध्ययन गराएको दाबी गरे ।

      एमाले पङ्तिको यो प्रतिवादपछि बालेनले अर्को लामो स्टाटस लेखे । उनले सर्वोच्चको फैसलाको आधा पाठ मात्रै ल्याएर भ्रम छर्न खोजिएको आरोप लगाएका छन् ।

      सांसद शर्माको घरमा बसेकी बालिकाले ८ वर्षदेखि बाबुआमा नभेटेको, उनीमाथि कुटपिट गरिएको, अत्यधिक श्रम गराइएको अवस्थामा महानगरले उद्दार गरेको उनको भनाइ छ ।

      उच्च अदालतको अन्तिम फैसलाले शर्मामाथि अनुसन्धान गर्ने बाटो खोलेको बालेनले बताएका छन् ।

      बालेनले लेखेका छन्, ‘प्रधानमन्त्री खडक प्रसाद ओली ज्यु तपाईं आफ्नो कार्यकर्ताहरुलाई सामान्य ज्ञान दिएर राजनीतिमा लगाउनु होला । पछि यस्तै ज्ञानविहीन भएर देश चलाउने ठाउँमा पुग्दा तपाइजस्तै अरूको इशारामा चल्ने हुनुपर्ला ।’

      मेयर साहका यी दुवै स्टाटस तत्कालै भाइरल भएका थिए । हजारौँले लाइक कमेन्ट र सेयर गरेका छन् । तर, अघिल्लोे स्टाटस पछि अचानक फेसबुकबाट डिलिट भएको छ, जसको बारेमा बालेनको निकट स्रोतले बताएका छन् कि फेसबुकले स्टाटसलाई रिपोर्टको आधारमा डिलिट गरेको हो ।

      स्रोतले भन्यो, ‘एमालेका कार्यकर्ता र समर्थकले व्यापकरुपमा स्टाटसविरुद्ध रिपोर्ट गरेपछि फेसबुकले डिलिट गरेको हो ।’

      बालेनले यही स्टाटस इन्टाग्राममा पनि राखेका थिए । इन्स्टाबाट भने स्टाटस हटेको छैन । फेसबुकमा गरिएका कुनै पनि पोस्ट चित्त नबुझेको भनेर धेरैले रिपोर्ट गरेको खण्डमा फेसबुकले एक्सन लिने गर्छ । यसअघि पनि बालेनका दुई–तीनवटा स्टाटस फेसबुकले डिलिट गरिदिएको थियो ।

      डिलिट हुनुअघि बालेनको उक्त स्टाटसलाई बीसौं हजारले सेयर गरेका थिए । अधिकांशले उनलाई समर्थन गर्दै कमेन्ट गरेका थिए । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d