गण्डकी प्रदेश सरकारमा सोमबार गरिएको मन्त्रालय बाँडफाँडमा स्वतन्त्र सांसद राजीव गुरुङ ‘दीपक मनाङे’ले राजीनामा दिएका छन् । सोमबारदेखि वन मन्त्रालयमा सरुवा गरिएको मनाङेले त्यस निर्णयप्रति असन्तोष जनाउँदै राजीनामा दिएका हुन् ।
अघिल्लो दिन, आइतबार, मनाङेले भौतिक पूर्वाधार मन्त्रालय सम्हालिरहेका थिए । यो मन्त्रालय अहिले नेकपा (एमाले)द का प्रकाशबहादुर केसीलाई सुम्पिएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एमालेलाई सरकारमा समेट्न मनाङेलाई वन मन्त्रालयमा पठाएका थिए ।
मनाङेले वन मन्त्रालयमा जान अस्वीकार गर्दै राजीनामा दिने निर्णय गरेका छन् । उनले आफु वन मन्त्रालयमा नजाने, बरु त्यो मन्त्रालय भाइहरूलाई दिएको भए राम्रो हुन्थ्यो भन्दै राजीनामा दिएका हुन् । उनले आफ्नो राजीनामा पत्र मुख्यमन्त्रीलाई सहयोगीमार्फत् पठाइसकेका छन् ।
मुख्यमन्त्री पाण्डेले यसअघि दुई मन्त्रालय विभाजन गरी ९ सदस्यीय मन्त्रिपरिषद बनाएका थिए । यस क्रममा माओवादीको चुनावी चिह्नबाट जितेका नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङलाई मन्त्रीको रूपमा यथावत राखेका थिए ।
एमालेले देवकोटा र गुरुङलाई मन्त्री बनाउँदा कांग्रेसको कोटा दिन भनेको थियो । तर पाण्डेले एकातिर एमालेलाई मन्त्रालय दिएका थिए भने अर्कातिर मनाङे र देवकोटालाई पनि समेट्ने प्रयास गरेका थिए । यसै क्रममा मनाङेले वन मन्त्रालयको जिम्मेवारी स्वीकार नगरेर राजीनामा दिएका छन् ।