काठमाण्डौ - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले हवाई सुरक्षाको विषयमा समग्र प्रणालीको अध्ययन गर्ने आवश्यकता औंल्याएका छन् । प्रधानमन्त्रीसँगको छलफलपछि उनी यस निष्कर्षमा पुगेका हुन् ।
अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बिहीबारको बैठकमा मन्त्री पाण्डेले हवाई दुर्घटनाबारे नीतिगत, कानुनी, प्राविधिक र मानव संसाधनका विभिन्न पक्षहरूको पनि अध्ययन गर्नुपर्ने उल्लेख गरे । हवाई क्षेत्रमा अनुगमन र नियमनको पक्षलाई समेत ध्यानमा राख्नुपर्ने उनले स्पष्ट पारेका छन् । उनले अब समग्र प्रणालीको अध्ययन गर्न आवश्यक रहेको बताएका छन् ।
उनीले विगतमा अनुसन्धान गरिए पनि र प्रतिवेदन बुझाइए पनि हवाई दुर्घटनाको समस्या निरन्तर रहेकोमा चिन्ता व्यक्त गर्दै यस्तो अवस्थाको अन्त्य गर्नुपर्ने आवश्यकता रहेको औंल्याए ।








