काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा हिंसात्मक द्वन्द्वले ठूलो कष्ट भोग्नुपरेको उल्लेख गरेका छन् ।
टीआरसी विधेयकसम्बन्धी कार्यदलले प्रतिवेदन बुझाएपछि बोल्दै उनले ०६३ सालमै युद्ध र हिंसाको अन्त्य घोषणा गरिसकेपछि अब यस विषयलाई धेरै लम्ब्याउन नहुने कुरामा जोड दिएका छन् ।
उनले हाम्रो विगत पीडादायी रह्या र त्यसैले, यो समस्यालाई समाधान गर्न आवश्यक भएको बताएका छन् । देशमा हिंसात्मक द्वन्द्वको प्रभावले ठूलो पीडा र दुःख भोग्नुपरेको तर, यसमा केही सकारात्मक पक्ष पनि हुन सक्ने त्यसैले, हामीले यसलाई शान्तिमार्फत समाधान गर्नुपर्ने भनेर उनले भनेका छन् ।
प्रधानमन्त्री ओलीले ०६३ सालको सुरुदेखि नै युद्ध र हिंसाको अन्त्यको घोषणा गरिसकेपछि र अस्वीकार गरेका समूहहरूलाई पनि वार्ताको माध्यमबाट सहमतिमा ल्याइसकेपछि यस विषयलाई अब बाँकी राख्नु उचित नहुने उल्लेख गरेका छन् । राजनीति गर्दा कहिलेकाहीं शंका र आशंका हुनु स्वाभाविक भएको तर शान्ति भने हामी सबैको प्राथमिकता रहेको उनले स्मरण गराए ।
उनले विश्व समुदायले पनि यसलाई स्वीकार गर्ने नमुनाको रूपमा बुझ्नुपर्ने र सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्दै पीडितमैत्री नीति अपनाउनुपर्ने कुरामा ध्यानाकर्षण गराए । यसैले, द्वन्द्वको अवशेषलाई समाप्त पारेर भविष्यमा यस्ता घटनाहरू नहोस् भन्ने उद्देश्यले यो ऐन बनेको छ ।
यसलाई छिटो पारित गर्नुपर्छ र आयोगहरूको पुनर्गठन र गठनमा सबैसँग छलफल गर्ने साथै कानून पारित गरेपछि कार्यान्वयनका लागि चुनौतीहरू आउन सक्छन्, त्यसका लागि सबैको सहकार्य र सहमति आवश्यक हुने उनले बताएका छन् ।








