काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार प्रदेश सभाको बैठकमा राजीनामा घोषणा गरेका छन् । मुख्यमन्त्री सोडारीले विश्वासको मत पाउने कुनै सम्भावना नदेखिएको कारणले गर्दा यो निर्णय लिएका हुन् ।
सोडारीले ६ वैशाखमा नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी र स्वतन्त्र प्रदेश सभा सदस्य डा.ताराप्रसाद जोशीको समर्थनमा मुख्यमन्त्रीको पदमा नियुक्त भएका थिए । तर, २० असारमा एमालेले आफ्नो समर्थन फिर्ता लिएपछि सोडारीको सरकार अल्पमतमा प¥यो ।
संविधानको धारा १६८ को उपधारा ९२० अनुसार मुख्यमन्त्री नियुक्त भएका सोडारीले अल्पमतमा परेको ३०औं दिनमा राजीनामा दिएका छन् । यस घटनाले प्रदेशको राजनीतिक परिदृश्यमा नयाँ मोड ल्याउने अपेक्षा गरिएको छ ।








