काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार सिंहदरबारमा उपप्रधानमन्त्री, मन्त्री र सचिवहरूलाई निर्देशन दिँदै आफू २ वर्ष पुग्नु भन्दा एक साता अघि राजीनामा दिने बताएका छन् । त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेर चुनाव सम्म जाने उनले बताए ।
देशकै दुई ठुला दलहरु नेकपा एमाले र नेपाली कंग्रेसको सहभागितामा सरकार रहेकाले यस सरकारले आगामी दिनमा विना आग्रह मूल्याङ्कन गरेर नै निर्णयमा पुग्न सक्ने क्षमता राखेको ओलीले स्मरण गराएका छन् ।
निर्देशनका क्रममा प्रधानमन्त्री ओलीले डिस्टिनेशन तोकेर हिँडेको र नेपाली जनतालाई जैविक र मानवीय आवश्यकताको यथोचित न्यायोचित परिपूर्ति गराउनेमा सरकारको फोकस हुने भनाई व्यक्त गरे ।
ओलीले सुशासन र विकासका लागि नै सरकार बनेको त्यसैले त्यसलाई सकरात्मक रुपमा लिएर अघि बढ्न र सरकार ढल्छ कि भनेर नसोच्न आग्रह गर्दै आफ्नो नेतृत्वको सरकार २ वर्ष चल्ने बताएका छन् । २ वर्ष पुग्नुभन्दा एक साता अघि नै राजीनामा गरि सक्ने उनले जीकीर गरेका छन् । त्यसपछि गर्छ कि गर्दैन भन्ने कुनै दुबिधा नहुने उनको भनाइ थियो ।
सरकार चल्छ चल्दैन भन्ने प्रश्नलाई किनारामा राख्दै यस सरकारले सफलताको सङ्केत यहि आर्थिक वर्षमा दिनेछ भन्ने ओलीको विश्वास छ ।