जेष्ठ ३१,२०८१ / ०७ : ४८ पूर्वान्ह / 2024-06-13 07:48 am
      • param ad
      • furniture
      • veera Incorporation

      सर्वोच्चका ६ न्यायाधीशले लिए शपथ

      - ३ हप्ता अगाडि
      पौष ५,२०८०

      काठमाण्डौ, सर्वोच्च अदालतका नवनियुक्त न्यायाधीशहरूले शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नवनियुक्त न्यायाधीशहरूलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।

      आज राष्ट्रपति भवन शीतल निवासमाआयोजित समारोहमा प्रधानन्यायाधीश श्रेष्ठले नवनियुक्त न्यायाधीशहरू सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाललाई शपथ गराएका हुन्।

      त्यसअघि संसदीय सुनुवाइ समितिले उनीहरुलाई न्यायाधीशका लागि अनुमोदन गरेको थियो ।

      न्याय परिषद्को गएको मङ्सिर ५ गते बसेको बैठकले सर्वोच्च अदालतका लागि रिक्त छ न्यायाधीशका लागि उनीहरूको नाम सिफारिस गरेको थियो ।

        सम्बन्धित समाचारहरु