जेष्ठ ३१,२०८१ / ०७ : २८ पूर्वान्ह / 2024-06-13 07:28 am
      • param ad
      • furniture
      • veera Incorporation

      कोशी प्रदेश सरकारले जारी गर्यो बजेट सम्बन्धी दुई अध्यादेश

      - ९ महिना अगाडि
      भाद्र २४,२०८०

      विराटनगर, कोशी प्रदेश सरकारले आज बजेटसम्बन्धी अध्यादेश ल्याएको छ । दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएपछि हिक्मतकुमार कार्कीले शुक्रवारको पहिलो बैठकबाटै निर्णय गराएर आज अध्यादेश ल्याएका हुन् ।

      कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको अध्यादेश प्रदेशसभाबाट पारित नभई स्वतः निष्क्रिय भएपछि पुनः अध्यादेश जारी गरिएको हो ।

      यसअघि कार्की नेतृत्वको सरकारले नै गएको जेठ ३२ गते ल्याएको बजेट अध्यादेश भदौ १० गते निष्क्रिय भएको थियो । भदौ ११ देखि कोशी प्रदेशमा बजेट शून्यता थियो ।

      बजेट शून्यताले प्रदेशभरिका मालपोत कार्यालयमा जग्गा रजिस्ट्रेसन, यातायात व्यवस्था कार्यालयमा गाडी दर्ता, नवीकरण, साना उद्योग दर्ता, मनोरञ्जन, विज्ञापन र दहत्तरबहत्तर ९गिट्टी, बालुवा० कर सङ्कलन प्रभावित भएको थियो । यो अध्यादेशपछि बजेट शून्यको अवस्था सकिएको छ ।

      प्रदेशलाई बजेट शून्यतामा जान नदिन बजेट सम्बन्धी अध्यादेशहरु जारी गर्ने निर्णय भएको सरकारले जनाएको छ । उद्धब थापा नेतृत्वको सरकारलाई सर्बोच्च अदालतले कामचलाउमा परिणत गर्दै दीर्घकालीन महत्वका निर्णय नगर्न आदेश दिएपछी भदौ १० बाट प्रदेश बजेट शुन्यतामा थियो । हिक्मत कार्की नेतृत्वको सरकार बनेपछि पुन अध्यादेश जारी भएको हो ।

        सम्बन्धित समाचारहरु