जेष्ठ ३१,२०८१ / ०७ : ३८ पूर्वान्ह / 2024-06-13 07:38 am
      • param ad
      • furniture
      • veera Incorporation

      कोशी सरकारविरुद्धको रिटमा आज सुनुवाइ

      - एक हप्ता अगाडि
      भाद्र १७,२०८०

      विराटनगर, कोशी सरकारविरुद्ध रिटको सुनुवाइ आज हुने भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतको संवैधानिक हैसियतका बारेमा सर्वोच्चमा अन्तिम सुनुवाइ हुन लागेको हो ।

      रिटको पेशी न्यायाधीशहरू सपना प्रधान मल्ल र सुष्मालता माथेमाको इजलासमा तोकिएको छ। यसअघि शुक्रबार  रिटमाथि सुनुवाइका लागि न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र  माथेमाको संयुक्त इजलासमा पेशी तोकिएको थियो।  तर,न्यायाधीश खतिवडाले प्राम्भिक सुनुवाइका क्रममा आफूले अन्तरिम आदेश दिइसकेकाले पूर्णसुनुवाइका लागि इजलासमा बस्न नमिल्ने बताएपछि सुनुवाइ स्थगित भएको  थियो।

      नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङ र मुख्यमन्त्री उद्धव थापालगायतलाई विपक्षी बनाई दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ न्यायाधीश खतिवडामा परेको थियो । सोही कारण हेर्न नमिल्ने भएको थियो ।

      रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै भदौ ७ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले कोशी सरकारले विश्वासको मत लिँदा प्रक्रिया मिलेको नदेखिएको भन्दै दीर्घकालीन निर्णय नगर्न अन्तरिम आदेश जारी गरिसकेको छ । 

      कोशी प्रदेशका मुख्यमन्त्री थापाले यही भदौ ४ गते प्रदेश सभाबाट विश्वासको मत लिएका थिए । 

        सम्बन्धित समाचारहरु