जेष्ठ ३१,२०८१ / ०६ : २३ पूर्वान्ह / 2024-06-13 06:23 am
      • param ad
      • furniture
      • veera Incorporation

      नेताहरु व्यक्तिगत स्वार्थ र सत्ताकेन्द्रित हुँदा जनतामा निराशा : कोइराला

      - एक हप्ता अगाडि
      भाद्र १३,२०८०

      विराटनगर, नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नेताहरुले निष्ठा र आदर्शको राजनीति नगरेकै कारण राजनीति प्रति जनतामा नैराश्यता छाएको बताएका छन् । 

      नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य हरि प्रसाद न्यौपानेको १३ औं पुण्यतिथिका अवसरमा नेपाली कांग्रेस मोरङले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दैै कोइरालाले नेताहरु व्यक्तिगत स्वार्थ र सत्ता केन्द्रित हुँदा जनतामा निराशा छाएको बताएका हुन् । नेता कोइरालाले सत्तामा पुगेपछि जसरी पनि कमाउनु पर्छ भन्ने मानसिकता बढ्दै जाँदा समस्या आएको उल्लेख गरे ।

      नेपालका सबै पार्टीका नेताहरुले पार्टीको सिद्धान्त र आदर्श भन्दा तल झरेर राजनीति गरिरहेको उनको तर्क थियो । राजनैतिक पेशा नभएर सेवा भएकाले देश र जनतालाई केन्द्रमा राखेर राजनीति गर्नु पर्नेमा नेता कोइरालाले जोड दिए । “राजनीतिलाई सेवाका रुपमा लिनुपर्छ । पैसा कमाउने हो भने त अन्य पेशा व्यवसायी गर्दा भइगयो नि,”उनले भने, “पार्टीको सिद्धान्त, निष्ठा र आदर्शको राजनीति नगरेकै कारण भ्रष्टाचार र व्यतिथि बढ्दै गएको छ । पछिल्लो समय पनि भ्रष्टाचारका विभिन्न प्रकरणहरु आएका छन् ।” 

      उनले स्वर्गीय न्यौपाने कहिल्यै पनि पद र पैसाको पछि नलागेको बताए । आँफूले पटकपटक भेट्दा पनि न्यौपानले पदको कुरा नगरेको नेता कोइरालाले स्मरण गरे । मोरङ कांग्रेसका कार्यबाहक सभापति भक्तिनाथ माझीको सभापतित्वमा भएको कार्यक्रममा नेता वसन्त भट्टराई, गोपाल राजभण्डारी, विश्वनाथ रिजाल, हरिनारायण चौधरी, मृदुला कोइराला, जिल्ला सचिव मोदराज घिमिरे, ललित श्रेष्ठ लगायतले स्वर्गीय न्यौपानेको राजनैतिक र सामाजिक व्यक्तित्वका विषयमा चर्चा गरेका थिए । नेविसंघ मोरङको संस्थापक सचिवन्यौपाने २०३३ देखि ३६ सालसम्म केन्द्रीय सदस्य भएका थिए । न्यौपाने वरिष्ठ अधिवक्तासमेत थिए । 

        सम्बन्धित समाचारहरु