जेष्ठ १९,२०८३ / ०१ : ३७ पूर्वान्ह / 2026-06-02 01:37 am
      • param ad
      • furniture
      • veera Incorporation

      के के विषयमा छलफल भयो प्रचण्ड र ओलीबीच भेटवार्तामा

      - २ वर्ष अगाडि
      श्रावण १४,२०८०

      काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। 

      आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

      भेटवार्तामा प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच संसदको जारी अवरोध हटाउनेबारे कुराकानी भएको बताइएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक सय किलो सुन तस्करी प्रकरणबारे सरकारले जवाफ माग गर्दै संसद अवरोध गर्दै आएको छ । गत बुधबारको प्रतिनिधिसभा बैठक एमालेले अवरोध गरेको थियो । प्रतिनिधि सभाको अर्को बैठक सोमबार बस्दैछ ।

      अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डसँग सरकारको कार्यशैलीप्रति प्रश्नसमेत गरेका छन्। उनले सरकारका मन्त्रीले नै प्रमुख प्रतिपक्ष दललाई लान्छाना लगाउने कार्य गरेकाले निष्पक्ष रुपमा छानबीन गरी दोषीलाई कारबाही गर्न माग गरेको बालकोट स्रोतले जनाएको छ। उनले सत्ता गठबन्धनका मान्छेलाई संरक्षण गर्ने र विपक्षीलाई आरोप लगाउने कार्य निरन्तर गर्ने गरेकोप्रति असन्तुष्ट व्यक्त गरेका हुन्।

        सम्बन्धित समाचारहरु