जेष्ठ १९,२०८३ / ०१ : ४२ पूर्वान्ह / 2026-06-02 01:42 am
      • param ad
      • furniture
      • veera Incorporation

      कोशी सरकार गठनको वैधानिकताबारे आज सर्वोच्चको पूर्ण इजलासमा छलफल हुने

      - २ वर्ष अगाडि
      श्रावण ९,२०८०

      विराटनगर, सर्वोच्च अदालतको पूर्ण इजलासमा आजदेखि कोशी प्रदेश सरकार गठनको वैधानिकतामाथि छलफल हुने भएको छ ।

      २१ असारमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपाको समर्थनमा सरकारको दाबी गर्दा सभामुख बाबुराम गौतमको लिखित समर्थन पेस गरेपछि विवाद सुरु भएको हो ।

      सभामुख गौतमको उक्त निर्णय र प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री नियुक्त गरेपछि विवाद सुरु भएको हो । मुख्यमन्त्री थापा, सभामुख गौतम र प्रदेश प्रमुख खापुङलाई विपक्षी बनाएर कार्कीले मुद्दा दायर गरेका थिए ।

      मुख्यमन्त्री थापा, सभामुख गौतम र प्रदेश प्रमुख खापुङलाई विपक्षी बनाएर दिएको मुद्दामा सोमबार सुनवाइ हुँदा न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उक्त रिट निवेदन पूर्ण इजलासमा पठाउन आदेश दिएको थियो । 

      एमाले नेता तथा पूर्वमुख्यमन्त्री हिक्मत कार्कीले दायर गरेको मुद्दामा असार अन्तिम सातादेखि सर्वोच्चमा बहस भइरहेको छ ।

        सम्बन्धित समाचारहरु