जेष्ठ ३१,२०८१ / ०६ : १५ पूर्वान्ह / 2024-06-13 06:15 am
      • param ad
      • furniture
      • veera Incorporation

      १६औ गणतन्त्र दिवस मनाइयो

      - १ वर्ष अगाडि
      जेष्ठ १५,२०८०

      सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरेर १६ औं गणतन्त्र दिवस मनाइएको छ ।

      जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको दिनलाई गणतन्त्र दिवसको रूपमा मनाउने गरिएको छ ।

      समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थिति थियो। त्यस्तै सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्षलगायत उच्च पदस्थ व्यक्तिहरू टुँडिखेलमा आयोजित गणतन्त्र दिवसमा सरिक थिए।

      सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि नेतृत्वदायी भूमिकामा रहेका दलको नेताहरूले पनि गणतन्त्र प्राप्तिका आन्दोलनमा सहभागी सबैलाई हार्दिक अभिनन्दन प्रकट गरेका छन्। विसं २०६२÷६३ को ऐतिहासिक जनआन्दोलनका माध्यमबाट मुलुकमा राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना भएको हो ।

        सम्बन्धित समाचारहरु