१४ जेठ, काठमाडौं । सरकारले टिकापुर काण्डमा दोषी ठहर भइ जेल सजायँ भोगिरहेका नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीको सजायँ माफ गर्ने तयारी गरेको छ ।
जेठ १५ गते मनाइने गणतन्त्र दिवसको अवसरमा कैदी वन्दीको सजायँ माफको सिफारिस लगायतका विषयमा छलफल गर्न बसेको मन्त्रीपरिषदको बैठकमा चौधरीलाई सजाय माफीको सिफारिस गरेको हो ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट सजायँ माफ हुने संवैधानिक व्यवस्था छ । यसअघि राष्ट्रपति कार्यालयमा पुगिसकेको त्यस सम्बन्धी पत्र राष्ट्रपति कार्यालयले गृह मन्त्रालयमा फिर्ता पठाइदिएको थियो । कैदी बन्दीको सजाय माफबारे शनिबारको बैठकमै निर्णय हुने सम्भावना थियो । तर महान्यायाधिवक्ताको कार्यालयको राय नआइसकेकाले निर्णय हुन सकेको थिएन ।
गृहले चौधरीबारे मन्त्रिपरिषदमा प्रस्ताव लगेपछि आममाफीका लागि मन्त्रिपरिषदले सिफारिस गरेको हो ।
२०७२ भदौ ७ गते टीकापुरमा भएको प्रदर्शनले हिंसात्मक रूप लिँदा ८ जना प्रहरी र १ जना दूधे बालकको ज्यान गएको थियो । टनामा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षकद्वय बलराम विष्ट र केशव बोहरा, हवल्दार श्यामबहादुर खड्का, प्रहरी जवान लोकेन्द्रबहादुर चन्द, सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार ललित साउद, सहायक हवल्दार रामबिहारी चौधरी र प्रहरी जवान जनक नेगी मारिएका थिए।
सो घटनामा रेशम चौधरी दोषी रहेको भन्दै जिल्ला अदालत कैलाली र उच्च अदालत दीपायलले उनलाई जन्मकैदको सजाय सुनाएका थिए ।
मन्त्रिपरिषद् बैठक जारी, नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई आम माफी दिन सिफारिस
चिनारी पोस्ट - १ वर्ष अगाडि
जेष्ठ १४,२०८०