जेष्ठ २२,२०८० / ०६ : ०८ पूर्वान्ह / 2023-06-05 06:08 am

        बेइजिङमा माओवादी केन्द्र र चिनियाँ कम्युनिस्ट पार्टीका प्रतिनिधिबीच भेटवार्ता

        - एक हप्ता अगाडि
        जेष्ठ १२,२०८०

        नेकपा माअ‍ोवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले चिनियाँ कम्युनिस्ट पार्टी (सिपीसी) का विदेश विभाग प्रमुख लिउ च्यान छाओबिच  भेटवार्ता भएको छ । 

        पूर्वसभामुख  सापकोटा नेतृत्वको प्रतिनिधि मण्डल र सिपिसीका प्रतिनिधिबीच  बिहीबार बेइजिङमा भेटवार्ता भएको हो ।

        भेटमा दुई देशको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल भएको बताइएको छ। भेटमा लिउले प्रचण्ड नेतृत्वको सरकारको विकास र समृद्धिको लक्ष्यमा चीनले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । 

        यही जेठ ५ गते २० सदस्यीय सापकोटा नेतृत्वको पार्टी प्रतिनिधिमण्डल चीन गएको थियो । सुरुमा ल्हासा र मानसरोवरको भ्रमण एवं अवलोकन गरेको सापकोटा नेतृत्वको टोली अहिले राजधानी बेइजिङमा छ । भ्रमण टोलीमा पूर्वसभामुख सापकोटासहित पार्टी सचिवहरु हितमान शाक्य, गणेश शाह र डिलाराम आचार्य छन् । यसैगरी प्रदेश अध्यक्षहरु र केन्द्रीय नेताहरु पनि भ्रमण टोलीमा छन् । सापकोटा नेतृत्वको टोली जेठ १८ मा स्वदेश फर्कने कार्यक्रम छ ।

         


          सम्बन्धित समाचारहरु