फागुन २२,२०८० / ०७ : १८ अपरान्ह / 2024-03-05 07:18 pm
      • param ad
      • furniture
      • veera Incorporation

      राज्यले दिने सेवा सुविधा नपाएको उपसभामुख रानाको गुनासो

      - १ वर्ष अगाडि
      फागुन १९,२०७९

      काठमाण्डौ, प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाले आफूले राज्यबाट पाउनुपर्ने सेवा, सुविधा नपाएको गुनासो गरेकी छन्। भ्रष्टाचारविरुद्ध सांसदको विश्वव्यापी सङ्गठन, नेपाल च्याप्टरले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले  गुनासो गरेकी हुन् ।

      राज्यको माथिल्लो निकायमा भ्रष्ट आचरण रहेकै कारण आफूलाई सेवा, सुविधा दिने कुरामा पनि विभेद र अन्याय भएको उल्लेख गरेकी हुन् उपसभामुख रानाले त्यस्ता खालका गतिविधि सहन गर्न नसकिने बताइन्। 

      पुरुष उपसभामुख हुँदा पाउने सुविधा अहिले आफूले नपाएको उहाँको भनाइ छ। उपसभामुख रानाले आफूलाई निवासको सुविधा दिने कुरामा पनि राज्य गम्भीर नभएको आरोप लगाएकी छन््। 

      उपसभामुख रानाले आफू सानो पार्टीबाट आएकाले राज्यबाट पाउने सेवा, सुविधामा विभेद गरेको हुनसक्ने बताएकी छन् । 

        सम्बन्धित समाचारहरु