काठमाडौँ, प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेसम्मका लागि सरेको छ । नेपाली कांग्रेसको आग्रहमा प्रतिनिधि सभाको बैठक बिहान ११ बजे निर्धारित बैठक दिउँसो १ बजेलाई सारिएको बुझिएको छ । अहिले विश्वास मत दिने नदिने विषयमा कांग्रेस छलफलमा छ ।
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने कि नदिने भन्नेबारे निर्णय गर्न नेपाली कांग्रेसको संसदीय दलको बैठक जारी लम्बिएपछि प्रतिनिधिसभाको बैठक सारिएको हो।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने तयारी छ।