काठमाडौं, प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछिको समग्र अवस्थाका बारेमा छलफल गर्न सत्तारूढ गठबन्धनको बैठक बस्दैछ ।
चुनाव परिणामको समीक्षा र नयाँ सरकार गठनको सम्भावनाबारे छलफल गर्न आज दिउँसो बालुवाटारमा गठबन्धनको बैठक बस्ने भएको हो।
सत्ता गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टीले तालमेल गरेर चुनाव लडेका थिए । मंसिर ४ गते भएको निर्वाचनमा कांग्रेसले प्रतिनिधि सभामा ५७ सिट जितेको छ ।