काठमाडौँ, बाजुराबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका बद्रीप्रसाद पाण्डे विजयी भएका छन्।
५ हजार ४ सय ३७ मतान्तरले निकटतम् प्रतिद्वन्द्वी एमालेका कर्ण थापालाई पछि पार्दै पाण्डे निर्वाचित भएका हुन् ।
पाण्डेले ३१ हजार ७ सय ८६ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी कर्ण थापाले २६ हजार ३ सय ४९ मत प्राप्त गरेका निर्वाचन आयोगले जनाएको छ।
बाजुरामा बुथ कब्जा भएको भन्दै एमालेले मतगणनामा अवरोध गरेपछि निर्वाचन भएको १० दिनपछि मात्रै मतगणना सुरु भएको थियो।