वालिङ, नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ स्याङ्जा जिल्लाको क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन्।
नेता गुरुङले ५ हजार ६२७ मतान्तरसहित विजयी भएका हुन् ।
अन्तिम नतिजा अनुसार कांग्रेसका गुरुङले ३१ हजार ४६६ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार पद्मा अर्यालले २५ हजार ८२९ मत ल्याएर पराजय भएकाी हुन् । अर्याल पूर्वमन्त्री एवम् सोही क्षेत्रबाट यसअघि निर्वाचित भएकी हुन्।
गुरुङ नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट उपसभापति पदमा निर्वाचित भएका भिए । उनी संविधान सभा सदस्य पनि हुन् । वि।सं. २०३६ बाट राजनीतिमा सुरु गरेका थिए ।