काठमाडौं, नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन आज चीन जाँदैछन् । पुन आज साँझ सात बजे दुवई हुँदै चीनको गोन्झाउ जानेछन् ।
सत्ता समीकरणको बहस चलिरहेका बेला पुनको चीन भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । चीनमा पुनले आफ्नो स्वास्थ्यको परीक्षण पनि गर्नेछन् । स्वास्थ्य परीक्षण सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा हुनेछ ।
चीन–नेपाल नियमित उडान नभएकाले उनी साँझ ७ बजे इमिरेट्सको उडानबाट दुवई हुँदै ग्वान्झाओ जानेछन् । ग्वान्झाओबाट सेनजेन जाने पुनको सचिवालयले जनाएको छ ।
चीन जानु अघि उपमहासचिव पुनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादुर देउवासँगसमेत परामर्श गरिसकेका छन् । नेता पुनसँगै उपचारका लागि पूर्व सभामुख तथा पत्नी ओनसरी घर्ती र छोरी शीला आज चीनको सेनजेन जान लागेका हुन् ।