माघ १९,२०७९ / ०८ : ०१ अपरान्ह / 2023-02-02 08:01 pm

        सांसद निर्वाचित भएसंगै मन्त्री कार्कीको प्रतिबद्दता जनताको अपेक्षालाई पूरा गर्छु

        - २ महिना अगाडि
        मंसिर १५,२०७९

        सुनसरी,  सुनसरी क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की विजयी भएका छन् ।

        कार्कीले ३० हजार ४८३ मत पाएर निर्वाचित हुँदा उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमाले उम्मेदवार जगदिशप्रसाद कुसियैतले ३० हजार ३७१ मत पाएका हुन् । 

        उनका निकटतम् प्रतिस्पर्धीसंग कार्की ११२ मतान्तरले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले जनताको भावनाअनुसार अगाडि बढ्ने बताए  छन् ।

        सुनसरी सदरमुकाम इनरुवामा आज मुख्य निर्वाचन अधिकृत सुनसरीले आयोजना गरेको नवनिर्वाचित प्रदेश तथा प्रतिनिधिसभाका पदाधिकारीलाई प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै जनताले जुन उद्देश्य र विश्वास गरेर आफूलाई मत दिनुभएको छ त्यसलाई आजैको मितिदेखि कार्यान्वन गर्नका लागि अगाडि बढ्ने प्रतिबद्दता जनाए ।

        उनले मुलुकको आर्थिक विकास, राजनीतिक स्थायित्व कायम गर्नका लागि अगाडि बढ्ने उल्लेख गरे यस्तै यस क्षेत्रमा रहेको विकास निर्माण, शिक्षा, स्वास्थ्य, भौत्तिक संरचना निर्माण लगायतको कार्य गर्नका लागि आफू प्रतिबद्ध रहेको बताए ।

          सम्बन्धित समाचारहरु

              • ताजा खबर
              • धेरैले पढेको