माघ १९,२०७९ / ०७ : ४८ अपरान्ह / 2023-02-02 07:48 pm

        दोलखाका १० मतदान केन्द्रमा सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्ने

        - २ महिना अगाडि
        मंसिर १५,२०७९

        काठमाडौं, दोलखाका १० मतदान केन्द्रमा मतदान सुरु भएको छ । आज बिहान ७ बजेदेखि मतदान सुरू भएको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बताएका छन् । उनले ती मतदान केन्द्रमा ४ वटा बुथमा आठ हजार पाँच सय १४ मतदाता रहेको उनले जानकारी दिए । मतदान बिहान ७ बजेदेखि मतदान भइरहेको छ भने मतदान साँझ ५ बजेसम्म चल्ने छ ।

        ११ मंसिरमा बसेको निर्वाचन आयोगको बैठकले दोलखाको वैत्यश्वर गाउँपालिका–२ को जनज्योति माध्यमिक विद्यालय पुतली काठका मतदान केन्द्र क र ख, वैत्यश्वर वडा नम्बर ३ को कालीढुङ्गा मावि मतदान केन्द्रमा क, ख, ग मतदान केन्द्र, वडा नम्बर ६ को वैत्यश्वर माध्यमिक विद्यालय मतदान केन्द्र क, ख, ग तथा तामाकोशी गाउँपालिका वडा नम्बर९ ३ हेल्थपोष्ट भवन जफे मतदान केन्द्रका क र ख गरी १० वटा मतदान केन्द्रमा ४ मंसिरमा भएको निर्वाचनलाई रद्द गरी पुनः मतदान गर्ने निर्णय गरेको थियो ।

          सम्बन्धित समाचारहरु

              • ताजा खबर
              • धेरैले पढेको