वैशाख ७,२०८१ / ०५ : ५२ अपरान्ह / 2024-04-19 05:52 pm
      • param ad
      • furniture
      • veera Incorporation

      समानुपातिकमा २७ लाख २२ हजार बढि मतसहित एमाले पहिलो दल, अन्य दलको कति ?

      - १ वर्ष अगाडि
      मंसिर १५,२०७९

      काठमाडौं, समानुपातिकतर्फको मतगणनामा नेकपा (एमाले) ले २७ लाख २२ हजार ८३३ मत पाएको छ । 

      निर्वाचन आयोगका अनुसार बिहीवार बिहानसम्म १ करोड १ लाख ७५ हजार ८९५ मतगणना हुँदा  एमालेले २७ लाख २२ हजार ८३३ मत पाएको हो। 

      यस्तै नेपाली कांग्रेसले २५ लाख ८६ हजार ६८० मत पाएको छ भने नेकपा माओवादी केन्द्रले ११ लाख ५३ हजार ५१६ मत पाएको छ । 

      माओवादीलाई पछ्याइरहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ४ हजार ७९० मत पाएको छ। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ७९ हजार ४०६ मत  ल्याउँदा जनता समाजवादी पार्टीले ४ लाख ८ हजार ९६४ मत प्राप्त गरेको छ। जनमत पार्टीले तीन लाख ७६ हजार २११ मत पाएको छ। 

      प्रतिनिधिसभामा १० सिट जितेको नेकपा (एकीकृत समाजवादी) ले हालसम्म दुई लाख ९० हजार १९९ मत पाएको छ। एकीकृत समाजवादी ३ प्रतिशतको थ्रेसहोल्ड काट्ने प्रयासमा छ। पार्टीले थ्रेसहोल्ड काट्यो भने राष्ट्रिय पार्टीको मान्यतासहित केही समानुपातिक सिट पाउनेछ।

      नागरिक उन्मुक्ति पार्टीले दुई लाख ६८ हजार ४३९ मत पाएको छ । लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख ४९ हजार ८३२ मत पाएको छ । , नेपाल मजदुर किसान पार्टीले ७३ हजार ८३३, हाम्रो नेपाली पार्टीले ५४ हजार १२२, मङ्गोल नेशनल अर्गनाइजेशनले ४७ हजार ८६४ मत प्राप्त गरेका छन्।

      राष्ट्रिय जनमोर्चाले ४६ हजार ९७, नेपाल सङ्घीय समाजवादी पार्टीले ४० हजार ७१, नेकपा माक्सवादी लेनिनवादीले ३० हजार, राष्ट्रिय जनमुक्ति पार्टीले २३ हजार ३८०, जनता प्रगतिशील पार्टीले १७ हजार ८७२, नेपाल आमा पार्टीले १७ हजार ७६० मत प्राप्त गरेका छन्। 

      सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १७ हजार ६१५, बहुजन एकता पार्टीले १६ हजार ७०२, नेपाली कांग्रेस बीपीले १२ हजार १७८, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले ११ हजार ९७३, नेपाली जनता दलले नौ हजार ७०४, नेपालका लागि नेपाली पार्टीले आठ हजार १५५, नेपाल कम्युनिष्ट पार्टीले सात हजार ८६५ मत ल्याएका छन्। 

      नेकपा ९पुष्पलाल०ले सात हजार २३३, नेपाल जनता पार्टीले सात हजार १४६, नेपाल लोकतान्त्रिक पार्टीले सात हजार १०७, मितेरी पार्टी नेपालले छ हजार ९७०, आमूल परिवर्तन मसिहा पार्टीले छ हजार ३३८, जनजागरण पार्टी नेपालले छ हजार २७५ मत ल्याएका छन्। 

      जनसमाजवादी पार्टीले पाँच हजार ७३०, नेकपा सामाजिक एकता पार्टीले पाँच हजार ६९४, पिछाडावर्ग निषाद दलित जनजाति पार्टीले चार हजार ८९०, विवेकशील साझा पार्टीले तीन हजार ९३६ मत ल्याएका छन्। 

      एकीकृत शक्ति नेपालले तीन हजार ६६७, नेकपा ९माओवादी समाजवादी०ले तीन हजार ६५८, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ९थरुहट०ले तीन हजार २७२, राष्ट्रिय मुक्ति आन्दोलनले तीन हजार २६८,  मौलिक जरोकिलो पार्टीले तीन हजार १५२, तराई मधेश लोकतान्त्रिक पार्टीले तीन हजार ८८, नेपाल समावेशी पार्टीले दुई हजार ६९३, नेकपा (परिवर्तन) ले दुई हजार १९९, राष्ट्रिय नागरिक पार्टीले दुई हजार १०३ र नेश्नलिष्ट पिपल्स पार्टीले एक हजार ९८३ मत प्राप्त गरेका छन्। 

        सम्बन्धित समाचारहरु