काठमाडौं, गत मंसिर ४ गते भएको आम निर्वाचनको मतगणना सकिएको छैन तर अहिलेसम्मको परिणाम हेर्दा एमालेले २६ लाख ९४ हजार १२४ मत प्राप्त गरी पहिलो स्थानमा रहेको छ ।
प्रतिनिधिसभातर्फ समानुपातिकको कुल ९९ लाख ९३ हजार ५६८ मत गणना हुँदा नेकपा एमालेको अग्रता कायमै रहेको हो ।
हालसम्म एमालेले २६ लाख ९४ हजार १२४ मत ल्याएर पहिलो स्थानमा रहेको छ भने नेपाली कांग्रेसले २५ लाख ४८ हजार ७७८ मत प्राप्त गरी दोस्रो स्थानमा रहेको छ। त्यसैगरी नेकपा (माओवादी केन्द्र) ११ लाख ४३ हजार ५०३ मतका साथ तेस्रो स्थानमा रहेको छ ।
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९८ हजार १७१ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ७० हजार १०२ मत पाएको छ । जनता समाजवादी पार्टी, नेपालले ३ लाख ८८ हजार ४८२ मत र जनमत पार्टी ३ लाख ४६ हजार ९७० मत ल्याएर राष्ट्रिय पार्टी बन्न सफल भएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) २ लाख ८१ हजार ३४८ र नागरिक उन्मुक्ति पार्टीले २ लाख ४७ हजार ७०१ मत ल्याएका छन् ।