सुनसरी, सुनसरीको निर्वाचन क्षेत्र नं. ३ को प्रतिनिधि सभा सदस्यतर्फको अन्तिम नतिजा सार्वजनिक भएको छ । नेकपा (एमाले) तर्फको उम्मेदवार भगवती चौधरीले ४० हजार ७८८ मतसहित विजयी भएकि छन् । उनको निकटतम प्रतिस्पर्धी नेपाली काग्रेंसका उम्मेदवार विजयकुमार गच्छदारले ३५ हजार ६०० मत ल्याएर पराजित भएका छन्
यसअघि २०७० र २०७४ सालको निर्वाचनमा नेता गच्छदार भगवती चौधरीलाई पराजित गर्दै विजयी भएका थिए । एमाले नेत्री चौधरीले तेस्रो प्रयासमा नेता गच्छदारलाई पराजित गरेकि हुन् ।