मंसिर २०,२०७९ / १२ : १० अपरान्ह / 2022-12-06 12:10 pm

        गोरखा २ बाट माओवादी अध्यक्ष प्रचण्ड निर्वाचित

        - एक हप्ता अगाडि
        मंसिर ८,२०७९

        गोरखा, गोरखा २ बाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित भएका छन् । 

        प्रचण्ड १३ हजार भन्दा बढी मत अन्तरले प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । 

        राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीलाई दोब्बरभन्दा बढी मतले पराजित गर्दै माओवादी अध्यक्ष प्रचण्ड प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

        प्रचण्डले २६ हजजार १०१ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी रास्वपाका बुर्लाकोटीले १२ हजार ६३६ मत पाए । एमाले भने तेस्रो स्थानमा खुम्चिएको छ । एमालेका अब्दुस मियाँले ७ हजार ३९२ मत पाएका छन् ।

        प्रचण्ड चौथो पटक गोरखा २ बाट सांसद बनेका हुन् । ०६४ मा रोल्पा र काठमाडौं १० बाट विजयी भएका उनी ०७० मा सिरहा ५ बाट विजयी भएका थिए। ०७४ मा चितवनबाट निर्वाचित भएका थिए ।

          सम्बन्धित समाचारहरु