मंसिर २०,२०७९ / ०२ : १२ अपरान्ह / 2022-12-06 02:12 pm

        झापा क्षेत्र नं ५ बाट एमाले अध्यक्ष ओली विजयी

        - एक हप्ता अगाडि
        मंसिर ७,२०७९

        काठमाडौँ, झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विजयी भएका छन् ।

        अध्यक्ष ओलीले ५१ हजार छ सय १९ मत प्राप्त गरेका छन् । त्यस्तै उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले २३ हजार दुई सय ३१ मत ल्याएका छन् ।

        अध्यक्ष ओली योसँगै छ पटक विजयी बनेका छन् । यसअघि उनी विसं २०४८, २०५१, २०५६, २०७० र २०७४ मा यही क्षेत्रबाट विजयी भइसकेका छन् ।

          सम्बन्धित समाचारहरु