मंसिर २०,२०७९ / ०१ : ११ अपरान्ह / 2022-12-06 01:11 pm

        बाँके १ बाट राप्रपाका धवलशमशेर विजयी

        - एक हप्ता अगाडि
        मंसिर ७,२०७९

        नेपालगन्ज, बाँके १ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर जबरा निर्वाचित भएका छन् ।

        नेपालगन्ज उपमहानगरका पूर्वमेयरसमेत रहेका जबराले २९ हजार ५७७ मत ल्याउँदै जसपाका मोहम्मद इश्तियाक राईलाई ६ हजार ५७ मतान्तरले हराउँदै उनी सांसद बनेका हुन् ।

        उनका निकटतम प्रतिस्पर्धी जसपाका नेता राईले २३ हजार ५२० मत ल्याएका छन् । गठबन्धनतर्फबाट उम्मेदवार बनेका कांग्रेसका सुदीपनरसिंह राणाले ४ हजार ४०३ मत प्राप्त गरे ।

          सम्बन्धित समाचारहरु