वैशाख ८,२०८३ / ०२ : ४४ अपरान्ह / 2026-04-21 02:44 pm
      • param ad
      • furniture
      • veera Incorporation

      निर्वाचनलाई उत्सवका रुपमा मान्दैै सफल पार्न सबैको दायित्य : प्रधानमन्त्री देउवा

      - ३ वर्ष अगाडि
      मंसिर १,२०७९

      काठमाडौँ, प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई उत्सवको रूपमा लिन सबै मतदातासँग अपिल गरेका छन् ।

      अब संघीय लोकतान्त्रिक गणतन्त्रलाई मजबुत बनाउदै मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउनुपर्ने उनले बताए । देउवाले कांग्रेस मुलुकमा भएका हरेक सामाजिक, सांस्कृतिक आन्दोलनको नेतृत्व गरेको पार्टी रहेको स्मरण गराएका छन्

      हाम्रा युवाहरू नयाँ प्रविधि र ज्ञान विज्ञानमा उत्कृष्टता हासिल गर्दैछन् । उनीहरूको योग्यता, क्षमता र ज्ञानको कदर हुने गरी आगामी दिनमा नयाँ सोचका साथ अगाडि बढ्ने बताएका छन् ।

      आजको प्रधानमन्त्रीको भिडियो सन्देश

      आदरणीय दिदीबहिनी  तथा  दाजुभाइहरू

      यही मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको अन्तिम चरणमा छौँ, लोकतान्त्रिक शासन व्यवस्थामा निर्वाचन लोकतन्त्रको आत्म हो, निर्वाचनको ऐतिहासिक महायज्ञलाई सफल पार्नु हामी सबैको दायित्व हो, जहानीया राणा शासनको आन्दोलनले राजनीतिको चरण पार गिरिसकेको छ । अब सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई मजबुत बनाउँदै मुलुकलाई समृद्धिको बाटोमा अगाडि बढाउनुपर्ने छ ।

      नेपाली काँग्रेस मुलुकमा भएका हरेक राजनीतिक, सामाजिक आन्दोलनको नेतृत्व गरेको राजनीतिक पार्टी हो, अब मुलुकलाई समृद्धिको दिशामा अगाडि बढाउनु पनि काँग्रेसको जिम्मेदारी हो । २०४६ सालपछि मुलुकले  सामाजिक र आर्थिक विकासको एउटा बाटो लिएको छ तर पनि धेरै काम गर्न बाँकी छन् ।

      हाम्रा युवाहरू नयाँ प्रविधि र ज्ञान विज्ञानमा उत्कृष्टता हासिल गर्दैछन् । उनीहरूको योग्यता, क्षमता र ज्ञानको कदर हुने गरी आगामी दिनमा नयाँ सोचका साथ अगाडि बढ्ने छौँ ।

      हाम्रो शासन प्रणालीलाई आधुनिक बनाउँदै सरकारी सेवालाई चुस्त र दुरुस्त पार्ने परिपाटीको विकास गर्ने छौँ, सीमान्तकृत समुदायको हक अधिकार प्राप्तिदेखि पिछडिएको क्षेत्र र समुदायको उत्थानमा नेपाली काँग्रेसको सरकारले महत्त्वपूर्ण काम गरेको छ । अझै परिणाम देखिने गरी अगाडि बढाइने छ ।

      निर्वाचनमा तपाईँहरूको अमूल्य मतले मुलुकको भाग्य र भविष्यको मार्ग प्रशस्त गर्ने छ । दुई दुई पटक संसद् विघटन भएपछि असहज र अन्योलपूर्ण परिस्थिति आएको कुरा सबैमा जगजाहेर नै छ । सहमति र सहकार्यको जगमा गठबन्धन सरकार गठन भएको हो, त्यही सूत्रका आधारमा मुलुकलाई अघि बढाउन हामी प्रतिबद्ध छौँ ।

      मङ्सिर ४ गते हुने निर्वाचनमा उत्साहपूर्ण रूपमा सहभागी भई प्रत्यक्षतर्फ गठबन्धनका उम्मेदवारका चुनाव चिह्नमा र समानुपातिकतर्फ नेपाली काँग्रेसको चुनाव चिह्न रूखमा आफ्नो अमूल्य मत दिनु होला भन्ने सबैमा अनुरोध गर्दछु ।

      ‘हामी कुरा होइन काम गछौं’ भन्ने तपाईँहरूलाई विश्वास दिलाउन चाहन्छु । मतदानलाई लोकतन्त्रको उत्सवको रूपमा लिन सबै मतदाता आदरणीय दिदीबहिनी  तथा  दाजुभाइहरूमा हार्दिक अपिल गर्दछु ।  

        सम्बन्धित समाचारहरु