नेपाली कांग्रेस सर्लाहीको सभापतिमा संस्थापन पक्षका सुरेन्द्रप्रसाद सिंह निर्वाचित भएका छन् ।
आइतबार राति सम्पन्न मतगणनाअनुसार सिंह ३८० मत अन्तरले विजयी भएका हुन् । उनले १ हजार ७५८ मत प्राप्त गरी निर्वाचित हुँदा अर्का प्रत्यासी लक्ष्मण रायले १ हजार ३७८ मत प्राप्त गरेका थिए ।
यस्तै, उपसभापतिमा डाक्टर सरोज यादव र नविन अधिकारी, सचिवमा निरज कार्की, सहसचिवमा इन्द्रबहादुर योन्जन निर्वाचित भएका छन् ।