नेपाली काँग्रेस चुनावी अभियानमा लागेको छ । मंगलबार बसेको काँग्रेस बैठकले नेताहरुको जिम्मेवारी तोकेको छ ।
कांग्रेसले स्थानीय तह निर्वाचनलाई केन्द्रित गरी २९ फागुनदेखि एक महिनासम्म अभियान सञ्चालन गर्दैछ । सो अभियानका लागि जिल्ला जिल्लामा केन्द्रीय सदस्य खटाएको हो ।
निर्वाचनमा काँग्रेसलाई जिताउन भन्दै काँग्रेसले एक महिना “गाउँ गाउँमा काँग्रेस” अभियान चलाउँदै छ । अभियान यही फागुन २९ देखि चैत २९ गतेसम्म चल्ने काँग्रेसले जनाएको छ ।