जेष्ठ ४,२०७९ / १० : १९ अपरान्ह / 2022-05-18 10:19 pm

        आजदेखि एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक

        - एक हप्ता अगाडि
        फागुन २५,२०७८

        नेकपा एकीकृत समाजवादीको केन्द्रीय  कमिटी बैठक आजदेखि सुरु हुँदैछ।

        बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहान ११ बजेका लागि तय भएको बैठकमा वर्तमान राष्ट्रिय राजनीतिको समीक्षा र भावी कार्ययोजना समेटिएको अध्यक्ष माधवकुमार नेपालद्वारा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनमाथि गहन छलफल हुनेछ।

        पार्टीले आगामी स्थानीय तह निर्वाचनका सन्दर्भमा लिइने रणनीति र सदनबाट पारित अमेरिकी सहयोग अनुदान मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) का विषयमा बैठकमा छलफल हुने संसदीय दलका प्रमुख सचेतक जीवनराम श्रेष्ठले जानकारी दिए। 

        पार्टीको फागुन २३ गतेको बैठकले केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको हो।

          सम्बन्धित समाचारहरु